सिमरा घटना : दुवै पक्ष संवादतर्फ उन्मुख

<span class='c1'>सिमरा घटना : दुवै</span> <span class='c2'>पक्ष संवादतर्फ उन्मुख</span>

बारा । बाराको सिमरामा आन्दोलित जेनजी समूह र प्रशासन बिच बार्ताको तयारी अघि बढाइएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजी समूहका प्रतिनिधिसँग फोनमार्फत सम्पर्क गरेर बार्तामा बस्न आह्वान गरेका हुन ।
जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी प्रजिअ मिश्रले संवादबाटै समस्याको समाधान गर्न सुझाएका छन । प्रशासनले गरेको आह्वानलाई जेनजी समुहले स्वीकार गरेपनि बार्ता कहाँ बस्ने भन्ने विषयमा भने अन्तिम टुंगो लागेको छैन।

यद्यपि, बार्ता भने इलाका प्रहरी कार्यालय सिमरामा बस्नुपर्ने उनीहरुको अडान छ । जिल्ला प्रशासन कार्यालयमै बस्ने कि इलाका प्रहरी कार्यालय सिमरामा बस्ने भन्ने विषयमा प्रशासन भित्र पनि आन्तरिक समन्वय चलिरहेको छ । सिमरामा झडपपछि निरन्तर तनावपूर्ण बनेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बारा र जेनजी समूह दुवै संवादतर्फ उन्मुख भएका हुन। सिमरामा आन्दोलित जेनजी समूहले अझै पनि प्रर्दशन गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्