धनकुटाको पाख्रिबासमा आज बिहान माइक्रोबस दुर्घटना, एक जनाको मृत्यु

<span class='c1'>धनकुटाको पाख्रिबासमा आज बिहान माइक्रोबस</span> <span class='c2'>दुर्घटना, एक जनाको मृत्यु</span>

धनकुटा मङ्सिर ५,
धनकुटाको पाख्रिबासमा शुक्रबार बिहान भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। काठमाडौंबाट खाँदबारीतर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भई दुर्घटना हुँदा संखुवासभाको सभापोखरी गाउँपालिका–२ की ८२ वर्षीया सावित्री कालाखेतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको धनकुटा अस्पताल तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण अझै स्पष्ट नभएको र थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्