भिजन फर चिल्ड्रेन फाउन्डेसनद्वारा आँखा उपचार शिविर सम्पन्न

<span class='c1'>भिजन फर चिल्ड्रेन फाउन्डेसनद्वारा</span> <span class='c2'>आँखा उपचार शिविर सम्पन्न</span>

मोरङ — भिजन फर चिल्ड्रेन फाउन्डेसनको पहलमा अल जमियातुल अनिसुल मदरसामा आयोजित नि:शुल्क प्राथमिक आँखा उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ। मदरसामा अध्ययनरत बालबालिकाको दृष्टि स्वास्थ्य अवस्था पहिचान गर्ने उद्देश्यले गरिएको शिविरमा १७ महिना देखि १८ बर्ष सम्मका ३१ बालिका र ४५ बालक गरी ७६ जना बालबालिकाको विस्तृत आँखाको परीक्षण गरिएको आयोजकले जनाएको छ।

परीक्षणका क्रममा धेरै बालबालिकामा Allergic Conjunctivitis, Chalazion, Strabismus, High Myopia लगायतका समस्या देखिएको थियो। विशेषगरी ३ बालबालिकामा Glaucoma Suspect को सम्भावना उच्च देखिएपछि तत्काल अस्पताल रेफर गरिएको स्वास्थकर्मीको टोलीले जानकारी दिएको छ।

शिविरमा सहभागी बालबालिकालाई प्राथमिक उपचारसँगै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। आँखा परीक्षण तथा स्वास्थ्य सेवाको नेतृत्व कन्सल्टेन्ट अप्टोमेट्रिस्ट नेहा कर्ण ले गरेकी थिइन्। उनको टोलीले बालबालिकाको दृष्टि संरक्षणका लागि आवश्यक परामर्श र उपचार सेवा प्रदान गरेको थियो।


कार्यक्रमलाई सफल बनाउन क्लियर भिजन अप्टिकल, रोयल फाउन्डेसन तथा वडा नं. ९ कार्यालय ले सहकार्य गरेका थिए। भिजन फर चिल्ड्रेन फाउन्डेसनले आगामी दिनमा पनि विद्यालय तथा समुदाय स्तरमा यस प्रकारका स्वास्थ्य केन्द्रित कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्