“म को हुँ”

<span class='c1'>“म को</span> <span class='c2'>हुँ”</span>

अनौठो छ चाल मेरो रोकी रोकिदैन,
अविरल बग्छु कतै छेकी छेकिदैन।
पछि फिर्न जान्दिन म अघि बढ्न मात्र,
त्यसैले म दुनियामा छु अनौठो पात्र।

कसैलाई ढिलो लाग्छु कसैलाई चांडो,
कसैलाई अमृत बन्छु कतिलाई घाँडो।
सबैलाई बराबर् छ ब्यबहार मेरो,
मेरै जालमा परेको छ विश्व सेरोफेरो।

सबैलाई डोर्याउँछु आफ्नै चाल भित्र,
छैनन् मेरा कुनै दुष्ट अनि कुनै मित्र।
जसले मेरो गतिसित मिलाउछ चाल,
अवश्य नि भोलि त्यसको बिग्रंदैन हाल।

मलाई चिन मेरो चाल संग चाल जोड,
उदासिन लोसेपना आजैदेखि छोड।
सदुपयोग गर मलाई छुट्न नदिकन,
चिन्यौ होला मेरो नाम अब तिमि भन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्