मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त गर्ने सरकारको निर्णय

<span class='c1'>मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त</span> <span class='c2'>गर्ने सरकारको निर्णय</span>

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता तथा शिक्षामन्त्री महावीर पुनले जानकारी दिए ।

त्यस्तै भैरवाको विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ लाई खारेज गरेर त्यस क्षेत्रमा विशेष आर्थिक क्षेत्र मासिक भाडा दर २० बाट घटाएर प्रतिवर्गमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय भएको पनि उनले जानकारी गराए । उले भने,‘भैरवाको विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ लाई खारेज गरेर त्यो क्षेत्रमा विशेष आर्थिक क्षेत्र मासिक भाडा दर २० रुपैयाँ प्रतिवर्गमिटर घटाएर ५ रुपैयाँ कायम गर्ने निर्णय भएको छ ।’त्यस्तै उनले विद्युत नियमन आयोगलाई साउथ एसिया फोरम इन्फ्रास्ट्रक्चररेगुलेसनको सदस्यता स्वीकृति दिने निर्णय भएको पनि जानकारी दिए ।

साथै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएकाहरुको उपचार गर्ने राहत दिने र सेवा दिनका लागि सञ्चालित हेल्प डेस्कमा मन्त्रालयको सचिव र उपसचिव बाहेक १० जनालाई राख्ने र चार महिनासम्म मासिक रुपमा १५ हजार रुपैयाँ दिने अर्को निर्णय भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्