६८ वटा दलले दल दर्ता गराए, अन्तिमसम्ममा सबै आउनेछन् : निर्वाचन आयोग

<span class='c1'>६८ वटा दलले दल दर्ता गराए,</span> <span class='c2'>अन्तिमसम्ममा सबै आउनेछन् : निर्वाचन आयोग</span>

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार दिउसोसम्म ६८ वटा दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म ६८ वटा दलले आगामी प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराएको बताए । साथै दर्ता कायम भएका दलको संख्या भने १३२ रहेको उनले जानकारी दिए ।

निर्वाचनमा सबैको सहभागिता रहने पनि उनले विश्वास व्यक्त गरे । ‘निर्वाचन एउटा राष्ट्रिय पर्व हो । यसमा सामान्य नागरिकहरुले तीन तरिकाले निर्वाचनमा सहभागिता जनाउने छन् । यसमा सबैको सहभागिता हुने भएकाले दल दर्ताको प्रक्रिया चलिरहेको छ र सबै दलहरु दर्तामा आउनु हुनेछ । त्यसैले आयोगले स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा निर्वाचन गराउने प्रण गर्नेछ,’ प्रवक्ता भट्टराईले भने ।

त्यस्तै उनले विदेशमा बस्ने नेपाली नागरिकहरुका लागि कानुन निर्माणको चरणमा रहेको बताए । आयोगलाई अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड बजेट सुनिश्चित भएको जानकारी दिंदै अपुग बजेट माग गर्दै जाने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्