जसपा नेपालको सङ्घर्षका कार्यक्रम सुरु,आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

<span class='c1'>जसपा नेपालको सङ्घर्षका कार्यक्रम</span> <span class='c2'>सुरु,आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने</span>

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु गर्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दाहरु सार्वजनिक गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेबमोजिम बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।

त्यसैगरी जसपा नेपालले मङ्सिर ११ गते देखी १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्ने भएको छ । जसपा नेपालले मङ्सिर १९ र २१ गते पार्टीले उठाउँदै आएका माग र मुद्दाहरु अङ्कित प्लेकार्ड, ब्यानरसहित जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यलयहरू अगाडी शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने निर्णय गरेको छ भने मङ्सिर २७ गते देखि पौष ४ गते सम्म जिल्ला स्तरीय विरोध सभा÷जनसभा आयोजना गर्ने बताइएको छ ।

जसपा नेपालको प्रदेशस्तरीय जनप्रदर्शन एवं विरोध सभाका कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुर, पुस १५ गते विरगंज, पुस १७ गते भैरहवामा तय गरिएको छ । यसका अतिरिक्त अन्य विरोधका कार्यक्रमहरु पार्टीको जिल्ला समिति वा प्रदेश समितिले निर्णय गर्न सक्ने बस्नेतले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्