क्रिकेटमा बढ्दो क्रेज, विराटनगरमा साँझ एकेडेमी पुग्छन् बालबालिका

<span class='c1'>क्रिकेटमा बढ्दो क्रेज, विराटनगरमा</span> <span class='c2'>साँझ एकेडेमी पुग्छन् बालबालिका</span>

मोरङ । नेपाली क्रिकेट क्षेत्रमा नेपाल प्रिमियर लिग (एनपिएल) सुरु भएपछि यसमा भविष्य खोज्नेहरुको देशभर अभूतपूर्व उत्साह देखिएको छ। साना नानी–बाबुदेखि लिएर बृद्धबृद्धासम्म क्रिकेटको रौनक बढ्दो छ । एनपिएल अवधीमा यसैमा झुमिरहेका छन् । एनपिएल अहिले नेपालीहरूको राष्ट्रिय उत्सव सरहको खेल महायज्ञ बनेको छ, जसले देशभर क्रिकेटप्रतिको आकर्षण झनै बढाएको छ।


विशेषगरी कोशी प्रदेशको शान—विराटनगर, जसले ललित राजवंशीजस्ता राष्ट्रिय खेलाडी जन्माएको शहर, अहिले पूर्ण रूपमा क्रिकेटमय बनेको छ। प्रत्येक साँझ एकेडेमीमा पुगेका बालबालिकाको भीडले विराटनगरमा क्रिकेटको लोकप्रियता कति उच्च छ भन्ने स्पष्ट झल्किन्छ।
विराटनगरको दुर्गा चौकस्थित लायन्स क्रिकेट एकेडेमीमा दैनिक क्रिकेटमा भविष्य खोज्न चाहनेहरुको उत्साह हेर्दा विराटनगरले क्रिकेट खेल जगतमा आफ्नो पुनरागमन गर्छ भन्ने लाग्दछ । जहाँ प्रत्येक दिन बिहान–बेलुका विद्यालय उमेरका बालबालिकाकहरू भविष्यको खेलाडी बन्न अभ्यासरत हुन्छन्। त्यही एकेडेमीमा सिकिरहेका बालकहरूले क्रिकेटप्रतिको आफ्नो सपना खुलाएर व्यक्त गरे। रुद्र प्रताप साहले भने, “ म भविष्यमा विराट कोहली जस्तै खेलाडी बन्न चाहन्छु किनभने मेरो सानै देखि क्रिकेटर बन्ने सपना छ ।“ त्यस्तै सवल भट्टराईले “देशलाई चिनाउन सक्ने खेलाडी बन्न मन लागेको बताए। ८ वर्षका आदित्य पाठक भन्छन्, “मेरो सपना क्रिकेटर बन्ने हो, त्यसैले म अहिले देखि नै कडा मेहनत गर्दैछु।”
स्कुलबाट सीधै एकेडेमी धाउने बालकहरू “भविष्यमा विराट कोहली बन्ने” सपना बोकेर भोकै भए पनि अभ्यासमै जुटिरहेको प्रशिक्षकहरूले बताए। एकेडेमीमा रहेका बालबालिकाहरूलाई एनपिएलमा कुन टोलीबाट खेल्न चाहन्छौ भनेर सोध्दा धेरैको उत्तर एउटै थियो—“दाइ, विराटनगर किंग्स बाहेक अरू कहाँ खेल्छु ।
यी बालबालिकाहरुलाई आफ्ना अभिभावक साँझ एकेडमी सम्म छोडन आउछन । उनीहरु बेलुका ७ बजेसम्म त्यही फिल्डमा प्रशिक्षकसँग अभ्यास गर्छन ।


क्रिकेट सिकाउने एकेडमी प्रशिक्षक रासम पौदानका अनुसार अहिले क्रिकेट क्षेत्रको दैनिक विकासले बालबालिका तथा अभिभावक दुवैमा सकारात्मक सोच बढाएको छ। “अब खेलकुद पनि भविष्यको उज्ज्वल विकल्प बन्न सक्छ” भन्ने बुझाइ अभिभावकहरूमा विस्तारै स्थापित हुँदै गएको प्रशिक्षकहरूको भनाइ छ।
नेपालले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय स्तरमा कमाएको सम्मानमा क्रिकेट प्रमुख योगदान बनेको छ। यही सफलताको पृष्ठभूमिमा देशमा भइरहेको ऐतिहासिक एनपिएल अझ चर्चामा रहेको छ। एक महिनासम्म चल्ने लिगमा आइपीएल खेलिसकेका विदेशी खेलाडीहरू समेत सहभागी भएकोले नेपाल क्रिकेटको अन्तर्राष्ट्रिय पहुँच झनै बढेको छ।
नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित यस प्रतियोगितामा आठ फ्रेन्चाइज टोली सहभागी छन्। विजेता टोलीलाई १ करोड रुपैयाँ पुरस्कार घोषणा गरिएको छ, जुन नेपाली खेल इतिहासकै उच्च पुरस्कारमध्ये एक मानिन्छ।
पहिलाको तुलनामा अहिले नेपालमा क्रिकेटको क्रेज उल्लेख्य रूपमा बढेको छ, र यसको मुख्य कारणमध्ये एनपिएलको आगमन प्रमुख बनेको छ। विशेषज्ञहरूका अनुसार यस्ता लिगहरूले भविष्यका खेलाडीलाई प्रेरणा दिनुका साथै राष्ट्रिय टिमका लागि गुणस्तरीय प्रतिभा उत्पादनमा महत्वपूर्ण भूमिका खेल्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्