इनरुवामा गोली चलाएर डेढ क्विन्टल गाँजा बरामद

<span class='c1'>इनरुवामा गोली चलाएर डेढ</span> <span class='c2'>क्विन्टल गाँजा बरामद</span>

विराटनगर । सशस्त्र प्रहरीले सुनसरीको इनरुवाबाट डेढ क्विन्टल बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । गाँजा नियन्त्रणमा लिनका लागि एक राउण्ड गोली समेत चलाउनु परेको हो । सशस्त्र प्रहरीले बिहीबार बिहान इनरुवा नगरपालिका–७ चाँदवेलाबाट एक क्विन्टल ५३ किलो गाँजासहित २० वर्षीय आदित्य चौधरीलाई नियन्त्रणमा लिएको हो ।

चाँदवेलाबाट दक्षिर्णतर्फ जाँदै गरेकोे बा १५ च २१७३ नम्बरको स्कारपियो पिकअप गाडी र को २७ प ८३३१ नम्बरको मोटरसाइकल जाँच गर्दा प्लाष्टिकको प्याकेटमा बेरेर राखिएको गाँजा फेला परेको थियो । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगञ्जबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो । गाँजा नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको थियो ।

नियन्त्रणमा लिइएका चौधरी स्कारपियो गाडीका चालक हुन् । मोटरसाईकल चालक भने फरार भएका थिए । सशस्त्र गाँजासहित सवारी र नियन्त्रणमा परेका चालकमाथि थप कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाएको छ । गाँजा कारोबारी भने फरार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्