डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड

<span class='c1'>डिआइजी घिमिरेले सम्हाले कोशी</span> <span class='c2'>प्रदेश प्रहरीको कमाण्ड</span>

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । गृह मन्त्रालयको मंसिर ८ गतेको निर्णयअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका डिआइजी घिमिरेले पदभार ग्रहण गरेका हुन् । सो अवसरमा उनले ‘जस्तोसुकै विषम परिस्थिति आए पनि प्रहरी पछाडि हट्दैन’ भन्ने सन्देश दिएका छन् । पदभार ग्रहणपछि कार्यालयको सभाहलमा बसेको विशेष कार्यक्रममा उनले भर्चुअलमार्फत सहभागी जिल्ला प्रहरी प्रमुख र मुद्दा चल्ने इकाई प्रमुखलाई समेत निर्देशन दिए ।

नेपाल प्रहरी सङ्गठन आरोह–अवरोहबीच पनि कानून कार्यान्वयन र जनसेवामा समर्पित रहँदै आएको उल्लेख गर्दै डिआइजी घिमिरेले प्रहरी विनाको समाज अकल्पनीय हुने बताए । उनले बदलिँदो समय र प्रविधिमा आफूलाई सक्षम बनाउँदै सामूहिकता, भातृत्व र समन्वयका साथ संगठनको गरिमा थप उच्च बनाउन आग्रह गरे ।राम्रो काम गर्ने प्रहरीलाई तत्काल पुरस्कृत गर्ने र कानून विपरीत गतिविधिमा संलग्न जो–कोहीलाई कडाभन्दा कडा कारबाही गर्ने निर्देश पनि जारी घिमिरेले गरेका छन् डिआइजी घिमिरेका अनुसार कोशी प्रदेश प्रहरी अब अपराध नियन्त्रण, शान्ति–सुरक्षा, जनविश्वास र प्रविधिमैत्री सेवा प्रवाहमा अझ आक्रामक र परिणाममुखी ढंगले अघि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्