एनपीएल : पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस प्रतिस्पर्धा गर्दै

<span class='c1'>एनपीएल : पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स,</span> <span class='c2'>सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस प्रतिस्पर्धा गर्दै</span>

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः४५ बजे सुरु हुने खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन् । यसैगरी दोस्रो खेलमा दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस प्रतिस्पर्धा गर्दैछन् । तीन खेल खेलेको पोखराले एउटा मात्र जित हासिल गरेको छ भने चार खेल खेलिसकेको लुम्बिनीले पनि एक खेल मात्र जितेको छ । पोखरा तालिकाको छैटौं स्थानमा छ भने लुम्बिनी सातौं स्थानमा छ । पोखराको कप्तानी कुशल भुर्तेलले सम्हालेका छन् भने लुम्बिनी राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले सम्हालेका छन् ।

यस्तै, चार खेलमा अपराजित सुदूरपश्मि आठ अंकसहित शीर्ष स्थानमा छ भने तीन खेल खेलेको जनकपुर अंकबिहीन छ।
सुदूरपश्मिका कप्तान दीपेन्द्रसिंह ऐरी हुन् भने जनकपुरका कप्तान अनिल साह हुन्। अंक तालिकामा सुदूरपश्चिम ८ अंकसहित शीर्ष स्थानमा छ। पाँच खेलमा एक खेलमा पराजित भएको विराटनगरको ८ अंक छ । रनरेटको आधारमा विराटनगर तालिकाको दोस्रो स्थनमा छ । पाँच खेल खेलेको काठमाडौंको ६ अंक छ । चितवनको चार अंक छ भने समान दुई अंक भएका कर्णाली, पोखरा र लुम्बिनी पाँचौं, छैटौं र सातौ स्थानमा छन् । जनकपुर भने अंकबिहीन तालिकाको अन्तिममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्