विराटनगरको निर्माण निरीक्षणमा मन्त्री घिसिङ, कोशी अस्पतालको भवन चाँडो सक्न निर्देशन

<span class='c1'>विराटनगरको निर्माण निरीक्षणमा मन्त्री घिसिङ, कोशी</span> <span class='c2'>अस्पतालको भवन चाँडो सक्न निर्देशन</span>

विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार विराटनगर आएका छन् । उनले कोशी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका छन् । लामो समयदेखि कोशी अस्पतालमा दुईवठा भवन निर्माणको काम भइरहेको छ । पुराना भवन भत्काएर नयाँ बनाउने क्रम नसकिँदा सेवामा समस्या हुँदै आएको छ । शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय मोरङमार्फत ७५९ शैयाको दुईवटा भवन निर्माणाधीन छन् ।

मन्त्री घिसिङले निर्माणाधीन भवनको स्थलगत निरीक्षण गरी आयोजना व्यवस्थापन, अस्पताल प्रशासन र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । अस्पतालको भवन तत्काल निर्माण गर्न तीन सिफ्ट मोडल अपनाउन उनले निर्देशन दिएका छन् । उनले निर्माण कार्यको नियमित अनुगमन गर्ने र काममा लापरबाही गरेको फेला परेमा जिम्मेबार सबैलाई कारबाही गर्नेसमेत चेतावनी दिए । अस्पताल प्रशासनकातर्फबाट भवन तयार नहुँदा स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाइ भइरहेकाले निर्माणमा विशेष ध्यान दिन मन्त्रीसमक्ष अनुरोध गरिएको थियो ।

कोशी अस्पतालको ५०० शैयाको मेडिकल भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत रहेको छ । उक्त भवन निर्माणका लागि पुस २०७९मा २ अर्ब ४६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी भएको ठेक्का सम्झौताको म्याद आगामी १२ पुसमा सकिंदैछ । निर्माण व्यवसायीलाई ७४ करोड ९८ लाख रुपैयाँ भुक्तानी भएको छ । यसैगरी, इसियु, सर्जिकल, न्यूरो सेवा उपलब्ध गराउन २५९ शैयाको भवन निर्माणका लागि असार २०७८मा रमण—भूमि—विआइपिएल जेभिसँग ठेक्का सम्झौता भएको थियो ।

भवन निर्माणको भौतिक प्रगति ५० प्रतिशत छ । म्याद थपसहित सम्झौताको म्याद गत कात्तिकमै सकिएको छ । निर्माण व्यवसायीले ठेक्का समझौताको म्याद थप गर्न निवेदन पेश गरेको छ । ठेक्का सम्झौता रकम ३८ करोड ८७ लाख रुपैयाँ रहेको छ । निर्माण व्यवसायीलाई १६ करोड ३१ लाख भुक्तानी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्