रंगेलीमा आगलागी तथा तोडफोड गर्ने आठजना पक्राउ

<span class='c1'>रंगेलीमा आगलागी तथा तोडफोड</span> <span class='c2'>गर्ने आठजना पक्राउ</span>

विराटनगर । मोरङको रंगेलीमा गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा आगजनी तथा तोडफोड गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु राजनीतिक परिवारका धेरै रहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार इलाका प्रशासन कार्यालय रंगेली, रंगेली नगरपालिका र सरकारी कार्यालय तोडफोड तथा आगजनीहरु पक्राउ गरिएको हो । उनीहरु विरुद्ध अपराधिक उपद्रो मुद्दामा उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा नेपाल एमाले मोरङका पूर्व उपसचिव सन्तोष साहका छोरा आनन्द साह समेत रहेका छन् । यसैगरी सिके राउतको जनमत पार्टीका रंगेली अध्यक्ष सुबरलाल यादवका छोरा रुपेश यादव रहेका छन् । उनी रंगेली ६ निवासी हुन् । पक्राउ पर्नेहरु रंगेली–३ का भुपाल भण्डारी, रंगेली–९ मा औषधी पसल गर्ने रमेश कुमार मण्डल, रंगेली ४ का रुपक गौतम, कटहरी गाँउपालिका २ का समिर क्षेत्री, दोर्जे प्रतिक तामाङ र जहदा–१ का गणपत यादब रहेका छन् ।

रंगेलीमा आगजनी तथा तोडफोडमा संलग्नहरु काँग्रेस र एमालेका नेताहरुकै छोराहरु संलग्न रहेको सिसी टिभी क्यामरामा देखिएको थियो । प्रहरीले अहिलेसम्म पक्राउ गरेकाहरु बाहेक पनि संलग्न रहेकाले अन्य पनि पक्राउ पर्ने आसा राखिएको छ । संलग्न देखिएका सबै व्यक्ति पक्राउ गर्नका लागि प्रहरीलाई अनुरोध समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्