काठमाडौं । काठमाण्डू गोर्खाजका साहब आलम नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा ह्याट्रिक लिने पहिलो बलर बनेका छन् ।
उनले बिहीबार पोखरा एभेन्जर्सविरुद्धको दोस्रो इनिङको अन्तिम ओभरमा लगातार तीन विकेट लिएका हुन् । उनले ओभरको पहिलो बलमा ऋषी धवनलाई, दोस्रो बलमा विपिन खत्री र तेस्रो बलमा आकाश चन्दलाई पभेलियनको दिशा देखाएका हुन् ।