झिगाको आतंक मच्चिए पछी स्थानीय आक्रोशित

<span class='c1'>झिगाको आतंक मच्चिए</span> <span class='c2'>पछी स्थानीय आक्रोशित</span>

बिराटनगर बैशाख ६ ,

उद्योगको कारण गाउमा झिगाको आतंक मच्चिए संगै झिगाबाट गाउमा झाडापखाला संगै हैजा फैलिन थालेपछी गाउलेहरुले पटक पटक उद्योग प्रशासनसंग झिगा नियन्त्रणका लागी लिखित तथा मौखिक उजुरी गर्दा समेत वेवास्था गरेपछी ठुलो संख्यामा स्थानियबासीन्दाहरु उद्योग पुगेका छन । उनिहरुले मानव अधिकार हनन गर्ने पाईदैन,झिगा उद्योग बन्द गर,संवैधानिक अधिकार हनन गर्ने पाईदैन,स्वास्थमा खेलवाड गर्न पाईदैन,हाम्रा माैलिक हककाे सुनिश्चित गर, प्रहरी दबन बन्द गर जस्ता नारा लगाउदै बजार परिक्रमा गर्दे उनिहरु बिराट पाेल्टि फर्मकाे मुख्य गेटमा धर्नामा बसेका थिए । त्यसैगरि रंगेली ,अामताेला,मङगलवारे,बेताैना,साेराभाग,बबियाबिर्ता लगायतका स्थानीय हरु झिङगा अातङक भएपछि अाफुहरु अाजित भएकाे स्थानीय लिलाराज खरेले बताए । त्यति मात्रै नभएर शिक्षिका इन्दिरा उप्रेती भन्छिन अाफुहरुले घरमा कुनै पनि पुजापाठ,बिवाह,ब्रतबन्द,गर्दे आफन्त ईस्टमित्रहरुलाई बाेलाएर प्रसाद खान दिदा समेत उनिहरुले झिङगनकाे कारणले गर्दा हामीहरुकाे घरमा केहिखान नमान्ने गरेकाे उप्रेती बताउछिन । त्यसैगरि केहि महिना अगाडि सुकुमबासि बस्तिमा १९ बर्षकि एक सुत्केरी महिलाकाे झाडापखालाबाट ज्यान समेत गएकाे राजेन्द्र मन्डलले बताए । स्थानीय बासिन्दाहरुले चैत्र ३१ गते देखि आन्दोलन गर्दै अाएका छन । हामी हरुकाे माँग पूरा नभएसम्म अान्दाेलन जारी राख्ने लिलाराज खरेलले बताए।

 

मोरङको सोराभाग ९ स्थित रहेको विराट पोल्ट्री फर्मको प्रदुषणका कारण गाऊमा हैजा फैलिन थालेपछी त्यसको विरोध गदै उद्योगकाे मुख्य गेटमा धर्ना ।

[caption id="attachment_31784" align="alignnone" width="960"] तस्बिर : प्र-शान्त प्रसाईं[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्