स्थानिय निकायको चुनावमा महिलालाई सहभागी गराउन माग

<span class='c1'>स्थानिय निकायको चुनावमा महिलालाई</span> <span class='c2'>सहभागी गराउन माग</span>

अहिलेको संविधानले महिलालाई पूर्ण रुपमा हकिअधिकार दिएको हुनाले कार्यन्वयनमा जोड दिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।
जागरण नेपालले विराटनगरमा बुधबार आयोजना गरेको स्थानिय तहको निर्वाचनमा महिला उम्मेदवारलाई सहयोग पुग्ने हिसाबले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा सहभागिहरले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै जागरण नेपालको पूर्व अध्यक्ष सर्मिला कार्कीले अहिलेको संविधान महिला मैत्री रहेको हुनाले कार्यन्वयनको लागि सबै राजनैतिक दल लाग्नुपर्ने बताईन् । उनले स्थानिय तहको निर्वाचनको लागि उपमेयर, उपाध्यक्ष, प्रत्येक वार्डमा कम्तिमा दुई जना महिला अनिवार्य व्यवस्था गरेको हुनाले यसको तयारीमा लाग्नुपर्ने बताईन् । आफ्नो पार्टीबाट चाँडै टिकटको माग गरी चुनावी अभियानमा होमिनुपर्नेमा जोडदिईन् ।
कार्यक्रममा नेपाली काँग्रेस मोरङको सचिब नागेस कोइराला, नेकपा एमालेका नेता बावुराम कार्की, माओवादी केन्द्र मोरङको अध्यक्ष गोपी अछामी, मानवअधिकार सञ्जालका क्षेत्रीय संयोजक सोमराज थापा, एनजियो फेडिरेसनको केन्द्रीय सदस्य उमेश विश्वकर्मालगायतले महिलाहरुको बोलेका थिए ।
जागरण नेपाले आयोजना गरेको तीन दिने तालिममा मोरङ, सुनसरी, सिरहा र सप्तरीका ४० जना महिलाहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्