लर्डबुद्ध कलेजद्वारा विद्यार्थीको विदाई

<span class='c1'>लर्डबुद्ध कलेजद्वारा</span> <span class='c2'>विद्यार्थीको विदाई</span>

विराटनगरको लर्डबुद्ध कलेजले विविएस चौथोको वर्ष परीक्षा दिएका विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रम आयोजना गरी बिदाई तथा सम्मान गरेको छ ।
कलेजमा अध्यनरत १२ औं ब्याचको ६५ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई तथा सम्मान गरेको हो ।
विदाई कार्यक्रममा कलेजमा विविएस पहिलो देखि तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले नृत्य तथा गीत गाएर विदाई हुने विद्यार्थीहरुलाई भरपूर्ण मनोरञ्जन दिएका थिए । विदाई समारोहको अवसर पारेर कलेजको आन्तरीक परीक्षा तथा बोर्ड परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद सहित पुरस्कार तथा अवार्डबाट सम्मान गरीएको यूनिभर्सल लर्डबुद्ध एकेडेमि प्रालिका अध्यक्ष नितिनचन्द्र गजुरेलले जानकारी दिए ।
विदाई समारोहमा लर्डबुद्ध प्लस टुकाका प्राचार्य सरोज भट्टराई, महेन्द्र मोरङ क्याम्पसका एसोसीयट प्रो. देवराज श्रेष्ठलगायतले मन्तव्य राख्दै लर्डबुद्ध कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्