विराटनगर । जेनजी आन्दोलनमा गत भर्दौ २४ गते सुनसरीको झुम्का कारागारबाट भागेका एकजना थुनुवा पक्राउ परेका छन् ।
मोरङको सुन्दरहरैँचा नगरापालिका–६ का ३१ वर्षीय अजित श्रेष्ठ उनकै घरबाट बिहीबार पक्राउ परेका हुन् । लागुऔषध मुद्दामा जिल्ला अदालत सुनसरीले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि गत असार ३१ गते श्रेष्ठलाई झुम्का कारागार चलान गरिएको थियो । जेनजी आन्दोलनको मौका छोपेर उनी भदौ २४ गते कारागारबाट फरार भएका थिए । भागेपछि लुकिछीपी बस्दै आएका उनलाई घरबाटै पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएर उनलाई कारागारको जिम्मा लगाएको जानकारी दिइएको छ ।