विराटनगर । युएइमा आयोजना भएका ‘२०२५ दुबई युथ एशियन गेम्स’को पारा टेबल टेनिस खेलतर्फ विराटनगर–१० का स्विकृत न्यौपानले ऐतिहासिक रजत पदक जितेका छन् । नेपालको पारा टेबल टेनिसमा यो अन्तराष्ट्रियस्तरको पहिलो पदक हो ।
ग्रुप स्टेजमा नेपालले कजाकिस्तानलाई ३–०, किर्गिस्तानलाइ ३–० र इरानलाइ ३–२ ले पराजित गर्दै समूह बिजेता बनेका थिए । समूह चरण पार गरेर सेमिफाइनलमा स्विकृतले फिलिपिन्सका बार्ज काबानेरोलाइ ११–९, ११–८, ५–११, ११–९ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।
फाइनलमा उनी ताइवानका वाङ रेन टिङ सङ अति प्रतिस्पर्धात्मक खेलमा १३–११, ६–११, १२–१०, ५–११, १०–१२ सेट स्कोरमा पराजित हुँदै द्वितीय स्थान प्राप्त हुन सफल भए । स्विकृत नेपालका मेन्स पारा सिङल्सका दोस्रो बरीयता खेलाडी हुन् भने युथ पाराका पहिलो बरियताका खेलाडी हुन् ।