जेसिसकाे एक दिने मोटिभेसन तालिम सम्पन्न

<span class='c1'>जेसिसकाे एक दिने</span> <span class='c2'>मोटिभेसन तालिम सम्पन्न</span>

विराटनगर, ७ वैशाख । देशको लागि योग्य व्यक्ति उत्पादन गर्नको लागि युवा पुस्तालाई मोटिभेशनल ट्रेनिङ्ग अपरिहार्य रहेको जेसीजका विज्ञहरुले बताएका छन् ।
विराटनगर जेसिजले आयोजनामा एक दिने मोटिभेसन ट्रेनिङ्गको समापन कार्यक्रममा बोल्ने जेसिज विज्ञहरुले त्यस्तो बताएका हुन ।
जेसीज लिडरसीप उत्पादन गर्ने संस्था भएको हुनाले यूवाहरुको लागि मोटिभेसन टेनिङ्ग आवश्यकता बन्दै गएको नेपाल जेसीजको पूर्व अध्यक्ष तथा उद्योगी भोलेश्वर दुलालले बताए । यस्ता टेनिङ्गले युवाको क्षमता अभिवृद्धी भई देशको लागि योग्य नागरिक बन्न यसखालको मोटिभेसनल टेनिङ्गले भूमिका खेल्ने बताएका छन् ।

कार्यक्रममा विराटनगर जेसीजको अध्यक्ष श्यामसुन्दर पौडेल (मिलन) ले जेसीज नेतृत्व उत्पादन गर्ने संस्था भएको हुनाले युवाहरुको लागि मोटिभेसन टेनिङ्गको कार्यक्रम अयोजना गरिएको बताए ।  आगमी दिनमा यस्तो नेतृत्वदय कार्यक्रमलाई निरन्तरा दिदै जाने उनले जानकारी दिए  । कार्यक्रममा विराटनगर जेसीजका पूर्व अध्यक्ष फुलकुमार लालवनी, नवल उपाध्यय, भगवती कालिकोटे लगायतकोे उपस्थीति रहेको थियो ।   मोटिभेसन टेनिङ्गमा विराटनगरका कलेजमा अध्ययरत ४० जना युवाहरुको सहभागिता रहेको थियो । उक्त तालिमको भोलेश्वर नेपाल जेसीको पूर्व अध्यक्ष दुलालले सशजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्