काठमान्डौका कलाकार मोरङ जिल्लाको गाँउ –गाँउमा

<span class='c1'>काठमान्डौका कलाकार मोरङ</span> <span class='c2'>जिल्लाको गाँउ –गाँउमा</span>

प्रेम देवान
काठमान्डौमा रहेर रङ्गमञ्चमा रमाएका कलाकारहरु मोरङ जिल्लाको गाँउ गाँउमा पुगी लैगिङ्ग हिंसा तथा  चेलिबेटि बेचबिखन न्यूनिकरण सम्बन्धी जनचेतना मुलक कचरी नाटक देखाने भएका छन् ।
नेपाली रङ्गमन्चमा स्थापित निर्देशक तथा अभिनेता अनुप बरालले निर्देशन गरेको ‘मनमाया हराईन् ’ नामक कचरी नाटक मोरङको जिल्लाको १० स्थानमा मन्चन गर्ने भएको हो ।
विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी वैशाख ८ गतेदेखी सुरु हुने नाटक आउँदो वैशाख १७ गते सुनवर्षी नगरपालिको अमरदहमा पुगेर समापन हुने जनाएको हो ।
जस अन्तर्गत वैशाख ९  गते ग्रामथान गाउँपालिको  तेतरिया, १०  गते केराबारी गाउँपालिकाको यांङशिला, ११ गते रतुवामाई नगरपालिकको झुरकिया, १२ गते केराबारी गाउँपालिकको केराबारी, १३ गते कानेपोखरी गाउँपालिकोको केरौन, १४ गते बेलबारी नगरपालिकको बाहुनी, १५ गते रंगेली नगरपालिकको बबियाबिर्ता, १६ गते बेलबारी नगरपालिको डाँगीहाट र १७ गते सुनवर्षी नगरपालिको अमरदमा गएर नाटक सम्पन्न हुने कार्यक्रम संयोजक देव न्यौपानेले पत्रकार सम्मेलनमा  जानकारी  दिए ।
नाटक मन्चन हुने स्थानमा आएर प्रनव दाहाल, प्राध्यापक डा.सुनिल  कुमार जोशी र स्वीडेनकी डा.कट्रिनिा स्वानवर्गले अनुसन्धान गरेका हुन्  । उनीहरुले यस क्षेत्रको दुई हजार भन्दा बढी व्यक्तिसँग प्रत्यक्ष रुपमा कुराकानी गरेर कथा तयार पारिएको दाहालले जानकारी गराए । मोरङ जिल्ला पनि चेलीबेटि बेचबिखनको टप १० भित्र पर्ने भएकोले यस क्षेत्रमा आएर नाटक तयारी पारेको हो – बताए ।
लिनियस विश्व विद्यालय र काठमाण्डौ  मेडिकल कलेजको सहयोगमा नाटक बनाएको हो । नाटकमा स्थापित कलाकाहरुले अभियन गरेका छन् । जसमा दिया मास्के, कमल प्यासी देवकोटा, प्रेम वर्ष खड्का,  सुरज मल्ल, मनिष निरौला, बीनिता थापा, भद्रगोल खत्री र अन्जु पाण्डेले अभिनय गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्