विराटनगर । नेकपा एमालेको ११ औँ महाधिवेशनको पदाधिकारीको पदमा कोशी प्रदेशका वर्तमान मुख्यमन्त्री सहित २ पूर्वमुख्यमन्त्रीले उम्मेदवारी दिएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमुख्यमन्त्री शेरधन राईले सचिव पदमा उमेदवारी दिएका छन् । यसैगरी पूर्वमुख्यमन्त्री एवं विघटित प्रतिनिधिसभा सदस्य भीम आचार्यले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । ओली समुहबाट हालका वर्तमान मुख्यमन्त्री हिकमतकुमार कार्की र पूर्व मुख्यमन्त्री शेरधन राई सचिव पदका उमेदवार बनेका छन् ।