ईश्वर पोखरेललाई हराउँदै एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

<span class='c1'>ईश्वर पोखरेललाई हराउँदै एमाले अध्यक्षमा</span> <span class='c2'>केपी शर्मा ओली विजयी</span>

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक विजयी भएका छन् । काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै ओली तेस्रोपटक पार्टीको अध्यक्षमा विजयी भएका हुन् ।

अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरे । ओली नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई ५६ मतले पराजित गरेर पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै, उनी दशौँ महाधिवेशनमा भीम रावललाई पराजित गरेर दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।
११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्