पारस हस्पिटल र विराट मेडिकलबीच सहकार्य सम्झौता

<span class='c1'>पारस हस्पिटल र विराट</span> <span class='c2'>मेडिकलबीच सहकार्य सम्झौता</span>

विराटनगर । पारस मल्टिस्पेशालिटी हस्पिटल र विराट मेडिकल कलेज टिचिङ हस्पिटलबीच स्वास्थ्य सेवा, तालिम तथा अनुसन्धान क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

पौष ३ गते विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आयोजित कार्यक्रममा पारस मल्टिस्पेशालिटी हस्पिटलका अध्यक्ष डा. सफिउर रहमान, प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेम नारायण मेहता र हस्पिटल म्यानेजर मो. सिफ्तैन राजा अन्सारी (लक्की) तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका सीईओ डिनिश कार्की र हस्पिटल को–अर्डिनेटर सुनिल देवले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौताअनुसार विराट मेडिकल कलेज टिचिङ हस्पिटलले क्यान्सरसम्बन्धी उपचार सेवामा पारस हस्पिटलसँग सहकार्य गर्नेछ। साथै, दुवै संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको क्षमता विकासका लागि संयुक्त रूपमा तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ। यस सहकार्यअन्तर्गत पारस मल्टिस्पेशालिटी हस्पिटलका बिरामीहरूले विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ओपीडी सेवा निःशुल्क प्राप्त गर्नेछन् भने अन्य सेवामा विशेष छुट पाउने व्यवस्था गरिएको छ।

यस सहकार्यबाट दुवै संस्थाहरूले आपसमा ज्ञान, अनुभव र स्रोत साझेदारी गरी स्वास्थ्य सेवाको गुणस्तर सुधारने र सामुदायिक स्वास्थ्यमा ठूलो योगदान दिने संकेत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्