ध्यानको उत्पति स्थल नेपाल हो, यसमा गौरव गर्नुपर्छ : मन्त्री पुन

<span class='c1'>ध्यानको उत्पति स्थल नेपाल हो, यसमा</span> <span class='c2'>गौरव गर्नुपर्छ : मन्त्री पुन</span>

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ध्यानको उत्पति स्थल नेपालमै भएको उल्लेख गर्दै यसप्रति राष्ट्रिय गौरव गर्नुपर्ने बताएका छन् ।

आइतबार आयोजित दोस्रो विश्व ध्यान दिवस २०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उनले ध्यानलाई विश्वभर फैलाउनुपर्ने आवश्यकता औंल्याए । मन्त्री पुनले ध्यान नेपाललाई विश्वसामु चिनाउने प्रभावकारी माध्यम भएको बताए । ‘ध्यानको उत्पादन स्थान नेपाल हो । यो कुरामा हामीले गौरव गर्नुपर्छ र यसलाई हामीले संसारभर फैलाउनुपर्छ । ध्यान विश्वसामु नेपाललाई चिनाउने माध्यम पनि हो । यसरी नेपाललाई परिचित गराउने मात्र होइन यसबाट धेरै भन्दा धेरै विदेशी पर्यटकहरु देशमा निमन्त्रणा गरेर नेपालमा पर्यटनको व्यवसाय पनि बढाउन सकिन्छ,’ उनले भने ।

उनले आधुनिक विज्ञान र प्रविधिमा नेपाल पछि परेको स्वीकार गर्दै त्यसका कारण मुलुक विदेशी उत्पादनमा निर्भर हुनुपरेको बताए । उनले भने, ‘हामी आधुनिक विज्ञान र प्रविधिमा धेरै पछि पर्यौं । आधुनिक विज्ञान र प्रविधिको विकास गर्न नसकेर सम्पूर्ण रुपमा विदेशीमा भर पर्नुपर्ने भयो । विदेशमा बनेका बस्तु नेपालमा आयात गर्नुपर्दा हाम्रो अर्थतन्त्र बढाउन नसकिने भयो ।’

मन्त्री पुनका अनुसार ध्यान र योगको जन्मभूमि नेपाल भएकाले यसलाई पर्यटनसँग जोडेर अर्थतन्त्र सुधार गर्न सकिन्छ । ‘ध्यान र योगको प्रवद्र्धनमार्फत पर्यटन विस्तार गर्न सके नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ,’ उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्