पूर्वका विभिन्न स्थानबाट लागु औषध, नगद १ लाख सहित ४ जना प्रहरी नियन्त्रणमा

<span class='c1'>पूर्वका विभिन्न स्थानबाट लागु औषध, नगद १</span> <span class='c2'>लाख सहित ४ जना प्रहरी नियन्त्रणमा</span>

विराटनगर । प्रतिवन्धीत लागु औषध सहित झापा, मोरङ र सुनसरीबाट प्रहरीले ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय इटहरी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले इटहरी–६ स्थितमा चेकजाँचको क्रममा कोशी गाउँपालिका–८ का २० बर्र्षीय मो.जईसुल र बराहक्षेत्र–५ का ३५ बर्षीय अनिल कार्कीलाई ब्राउन सुगर ५५ ग्राम १६ मिलिग्राम र नगद १ लाख ६५ हजार सहित नियन्त्रणमा लिएको छ ।त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाले भद्रपुर–५ बाट इलाम नगरपालिका–१२ का अनिल प्रधानलाई २ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर सहित र झापा कचनकवल–६ का दिल कुमार राजवंशीलाई २ ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी विराट चोकले सुन्दरहरैँचा–१० का नरेश उराउलाई २ ग्राम ८१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएर सम्बन्धीत कार्यालयहरुले अनुसन्धान गरिहरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्