राम अशिष यादव मधेश प्रदेश सभाको सभामुख चयन

<span class='c1'>राम अशिष यादव मधेश</span> <span class='c2'>प्रदेश सभाको सभामुख चयन</span>

रौतहट । मधेश प्रदेश सभाको सभामुखमा जसपा नेपालका राम अशिष यादव चयन भएका छन् ।
सभामुख चयनका लागि आईतबार मधेश प्रदेश सभाको बेठकमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै जसपा नेपालका प्रमुख सचेतक सांसद राम अशिष यादव निर्वाचित भएका छन् ।

सभामुख पदका लागि जसपाका राम अशिष यादव र नेकपा एमालेकातर्फबाट त्रिलोकी प्रसादले उम्मेदवारी दिएका थिए । मत विभाजन प्रक्रिया अपनाइएकोमा राम अशिष यादवको पक्षमा कुल ७२ मत परेको भने विपक्षमा २४ मत परेको थियो । बैठकमा कुल ९६ जना सांसद उपस्थित रहेका थिए ।
यादवको पक्षमा नागरिक उन्मुक्ति पार्टी, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, लोसपा र नेपाली कांग्रेसका सांसदहरुले मत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्