नेकपा एमालेको ११ औँ महाधिवेशनको सन्देश प्रवाह गर्न देशैभर भर्चुअल बैठक बस्दै

<span class='c1'>नेकपा एमालेको ११ औँ महाधिवेशनको सन्देश</span> <span class='c2'>प्रवाह गर्न देशैभर भर्चुअल बैठक बस्दै</span>

काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनको सन्देश देशैभरि प्रवाह गर्नका लागि सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गर्ने भएको छ ।
पार्टीका महासचिव शङ्कर पोखरेलले भर्चुअल माध्यमद्वारा पार्टीको ठुलो समूहलाई एकैपटक महाधिवेशनको सन्देश प्रवाह गर्न लागेका हुन् । दिउसो २ बजे पार्टी कार्यालयबाट महासचिवले सम्बोधन गर्ने तय गरिएको छ ।

केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार जिल्ला कमिटीमा पदाधिकारी देखि सचिवालय सदस्य सम्म र प्रदेश कमिटीका पदाधिकारी लगायत सबै सदस्यलाई उक्त बैठकमा सहभागी हुन जुम आइडी पठाइसकिएको छ । ११ औँ महाधिवेशनको प्रारम्भिक फैसला जनसमक्ष पुर्याउन आजको बैठक आयोजना गरिएको केन्द्रिय कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्