कोशी प्रदेशमा एमालेद्वारा आन्दोलन घोषणा, ओलीलाई आयोगले दुःख दिएको निष्कर्ष

<span class='c1'>कोशी प्रदेशमा एमालेद्वारा आन्दोलन घोषणा,</span> <span class='c2'>ओलीलाई आयोगले दुःख दिएको निष्कर्ष</span>

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले सरकारलाई ‘असंवैधानिक’ र ‘प्रतिगमनकारी’ भएको आरोप लगाउँदै आन्दोलनमा उत्रने घोषणा गरेको छ । मंगलबार एमाले प्रदेश कमिटीले विराटनगरमा आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलन गरेरै एमालेले वर्तमान सरकारले राजनीतिक प्रतिशोध साँध्ने नियत राखेको आरोप लगाएको छ ।

कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले प्रदेशका १४ वटै जिल्लामा प्रदर्शन गर्ने जनाएका छन् । भर्खरै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएपछि कोशीमा आन्दोलनमा घोषणा गरिएको छ । सरकार ओली अध्यक्षमा पुनः निर्वाचित भएपछि लोकप्रियताबाट डराएर षडयन्त्र रचिरहेको दावी गरिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कथित छानबिन आयोगले दुःख दिन खोजेको आरोप पनि लगाइएको छ । एमाले कोशी प्रदेशले २०८२ भदौ २३ र २४ गतेको घटनाको सन्दर्भ जोड्दै, जननिर्वाचित सरकारलाई अपदस्त गर्ने र असंवैधानिक सरकार गठन गर्ने कदमले लोकतन्त्र र संविधानमाथि प्रहार भएको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्