विराटनगरमा प्राङ्गारिक सागसब्जीकाे बिक्रि सुरू, यहाँबाट किन्न सकिनेछ

<span class='c1'>विराटनगरमा प्राङ्गारिक सागसब्जीकाे बिक्रि</span> <span class='c2'>सुरू, यहाँबाट किन्न सकिनेछ</span>

विराटनगरमा विषादी रहित प्राङ्गारिक सागसब्जीको बिक्री सुरु भएको छ । उद्योग संगठन मोरङ महिला उद्यमी समिति र क्षेत्रीय कृषि निर्देशनालयको पहलमा प्रत्येक हप्ता शनिबारको दिन प्राङ्गारिक सागसब्जी बजार सुरु गरिएको हो । आज एक औपचारिक कार्यक्रमबीच उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय, कृषि निर्देशनालयका निर्देशक राजेन्द्र उप्रेतीले बजारको उद्घाटन गरे । विषादी रहित सागसब्जी उत्पादन गर्ने कृषकलाई प्रोत्साहन दिन प्राङ्गारिक सागसब्जी बजार सुरु गरिएको महिला उद्यम समितिकी सल्लहकार प्रतिभा रिजालले बताए ।

गाउँघरमा प्राङ्गारिक सागसब्जी उत्पादन गर्ने कृषकलाई फाइदा पुर्याउन र उपभोक्तालाई समेत फाइदा पुगोस भनेर क्षेत्रीय कृषिल निर्देशनालयको पहलमा आफुहरुले बजार सुरु गरेको उनले बताए । उद्योग संगठन मोरङको प्राङ्गणमा सागसब्जी बिक्री गर्ने स्थल तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्