विराटनगर । एक हप्तादेखि विराटनगर–१९ का १९ वर्षीय अभिषेक पोखरेल नोबेल मेडिकल कलेज टिचिङ अस्पतालको न्यूरो विभागको आईसियुमा उपचारतः छन् । गत बिहीबार उनी ठूलोमिल–पुष्पलाल चौक अन्तर्गत विराटनगर–३ स्थित फूटबल चौक दुर्घटनामा परेका थिए । घर नजिकै उनको दुर्घटना भएको थियो । घर पुग्न दुई मिनेट मात्रै बाँकी रहँदा बाइक अनियन्त्रित हुन पुगेको थियो ।
बेलुका ८ः४५ बजे दुर्घटना भएपछि उनको टाउकोमा गम्भीर चोट लागेको छ । १९ वर्षका उनी मोटरसाइकलमा सवार छँदै अचानक अनियन्त्रित भएका हुन् । चिसोका कारण उनको शरीरमा कुनै असर पुगेको हुनसक्ने आशंका गरिएको छ । यद्यपी सवारी साधनमा रहेका कारण उनलाई लागेको चोट दुर्घटनाबाट भएको मानिन्छ ।
त्यसैले उनको उपचार गराउने क्रममा दाहिने पक्षको शल्याक्रिया गरिएको छ । नोबेल मेडिकल कलेजमा भएको शल्याक्रियापछि ढेड महिना राख्नुपर्ने चिकित्सकको भनाई छ । यो अवधीमा शल्याक्रियासहित झण्डै ३५ लाख रुपैँया लाग्ने उनका दाजु कुबेर पोखरेलले बताए । धेरै ठूलो रकम खर्चनु पर्ने स्थिति आएपछि उनले भाइको जीवन रक्षाका लागि अपिल गरेका छन् । भाई भर्खर मोरङ क्याम्पसमा स्नातक दोस्रो वर्ष अध्ययनरत रहेको र उसको सपना धेरै रहेकाले पनि उपचार गराउन सबैसँग अपिल गर्दछु, दाजु कुबेर भन्छन् । सहयोगका लागि
सम्पर्क : ९८०८८३९१५६
