जनकपुरमा बंगलादेश सरकारविरुद्ध प्रदर्शन

<span class='c1'>जनकपुरमा बंगलादेश</span> <span class='c2'>सरकारविरुद्ध प्रदर्शन</span>

जनकपुर । जनकपुरधाममा महिला अभियानीहरुले बांगलादेशविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
बांगलादेशमा केही दिनअघि निर्ममतापूर्वक हिन्दू समुदायका युवा दिपु दासको हत्या गरिएको विरोधमा शुक्रबार जनकपुरधामको जनक चोकमा महिला अभियानीहरुले विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले मो.युनुश मुर्दावाद, बांगलादेश सरकार मुर्दावाद, हिन्दू हत्या बन्द गर लगायतका नारा लगाउँदै प्ले कार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।
महिला अभियानीहरुले मो. युनुसको नाममा माटोको खपरी फोडेर विरोध जनाएका छन् । उनीहरुले मों युनुसको फोटोसहितको प्लेकार्ड पनि जलाएका छन् ।
कुनैपनि हिन्दुको हत्या गर्नेहरुको विरोध गर्ने भन्दै आफूहरुले आज विरोध प्रदर्शन गरेको महिला अभियानी विभा ठाकुरले बताइन । उनले हिन्दू सनातन धर्ममा कसैको पनि हत्या गर्न नमिल्ने र जिउँदो जलाउन नमिल्ने भनेकोले हिन्दू माथिको आक्रमण सहन गर्न नसिकने बताइन । अभियानी ठाकुरले रोहंगिया बांगलादेशि मुस्लमानहरु दिनहु नेपाल प्रवेश गरेको भिडियो र तस्विरहरु सार्वजनिक भइरहेकाले सरकारले यसलाई रोक्न ठोस कदम उठाउनुपर्नेमा जोड दिइन ।

हिजो मात्र जनकपुरधाममा साधुसन्तको नेतृत्वमा भव्य विरोध र्याली निकालिएको थियो । बांगलादेशमा हिन्दू समुदायका युवा दिपु दासको हत्या भएदेखि नेपाल र भारतका विभिन्न स्थानहरुमा दिनहु विरोध प्रदर्शन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्