विराटनगर । काठमाडौं विश्वविद्यालयबाट औपचारिक रूपमा सम्बन्धन प्राप्त गरेसँगै विराटनगरस्थित एभरेस्ट कलेजले शैक्षिक सत्र २०२६ देखि सूचना प्रविधि स्नातक (बिआईटी) कार्यक्रम सञ्चालन गर्ने भएको छ।
यससम्बन्धी सम्झौता आज आयोजित विशेष कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका डिन प्रा. डा. मनीष पोखरेल र एभरेस्ट कलेज विराटनगरका प्रिन्सिपल टीकाराम पुरीबीच हस्ताक्षर भएको हो।

यो सहकार्यले क्षेत्रीय स्तरमै गुणस्तरीय प्राविधिक शिक्षामा पहुँच विस्तार गर्ने विश्वास गरिएको छ। एभरेस्ट कलेजले काठमाडौं विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ तथा डिन प्रा. डा. पोखरेलप्रति विश्वास र सहकार्यका लागि आभार व्यक्त गरेको छ।