युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्योः सुनिता डंगोल

<span class='c1'>युवालाई नेतृत्वमा ल्याउने काम एमालेले</span> <span class='c2'>व्यवहारमै उतार्योः सुनिता डंगोल</span>

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य सुनिता डंगोलले युवाहरुलाई राजनीतिमा ल्याउने कुरालाई नेकपा एमालेले व्यवहारमा उतारेको बताईन् ।

मंगलबार काठमाडौंमा आयोजित एमालेको ११ औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा उनले अन्य पार्टीहरुले युवाहरु राजनीतिमा आउनु पर्छ, युवाहरुलाई प्रोत्साहन दिनुपर्छ भनेर धेरैले नारा र बोली बनाएको भन्दै नेकपा एमालेले भने त्यो सन्देश व्यवहारमा नै उतारेको बताईन् । उनले भनिन्, ‘युवाहरु राजनीतिमा आउनु पर्छ, युवाहरुलाई प्रोत्साहन दिनुपर्छ भनेर धेरैले नारा र बोली बनाए तर नेकपा एमालेले भने त्यो सन्देश व्यवहारमा नै उतारेको छ । युवाहरुलाई पार्टीमा अझ केन्द्रीय नेतृत्वमा ल्याउनको लागि छुट्टै स्थान, समूह नै बनाइएको छ ।’ उनले प्रतिनिधि चयनदेखि नेतृत्व छनोटमा ४० वर्षमुनिको समुहका युवाहरुको सहभागिता सुनिश्चिित गरिएको पनि बताईन् । ११ औं राष्ट्रिय महाधिवेशनबाट जस्तो सुकै चुनौती आउँदा पनि सकारात्मक हुनु पर्छ भन्ने उर्जा प्राप्त गरेको पनि उनको भनाई छ ।

उनले भनिन्, ‘नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मेरो लागि धेरै कुराहरुमा पहिलो अनुभव थियो । महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागि हुनु मेरो पहिलो अनुभव थियो । जस्तो सुकै चुनौती आईपर्दा पनि सकारात्मक हुनु पर्छ भन्ने उर्जा पनि मैले महाधिवेशनबाट सिकेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्