बैंककस्थित नेपाली दूतावासबाट प्रदान गरिने राहदानी सम्बन्धी सेवा शुल्क परिवर्तन

<span class='c1'>बैंककस्थित नेपाली दूतावासबाट प्रदान गरिने</span> <span class='c2'>राहदानी सम्बन्धी सेवा शुल्क परिवर्तन</span>

काठमाडौं । थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले विभिन्न कन्सुलर तथा राहदानी सेवामा लाग्ने शुल्कमा परिवर्तन गरेको छ । दूतावासले जारी गरेको सूचनाअनुसार स्थानीय मुद्रा थाई भाटमा लिने राजस्व दस्तुरमा विनिमय दरमा आएको परिवर्तन समायोजन गर्दै नयाँ शुल्क दर कायम गरिएको हो । संशोधित शुल्क मिति २०८२ पुस १७ गते आजदेखि लागू हुने सुचनामा उल्लेख छ । सूचनाअनुसार राहदानीसम्बन्धी सेवामा शुल्क घटाइएको छ ।

३४ पृष्ठको साधारण राहदानीका लागि शुल्क ३,२०० बाट २,६०० भाट पु¥याइएको छ भने ६६ पृष्ठको साधारण राहदानीको शुल्क ५,२०० बाट ४,२०० भाट कायम गरिएको छ । त्यसैगरी, हराएको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले प्रयोग हुन नसक्ने राहदानीका हकमा लाग्ने शुल्क पनि ४,८०० बाट ३,९०० भाट तोकिएको छ । १० वर्षभन्दा कम उमेरका नाबालकको हकमा राहदानी शुल्क १,६०० बाट १,३०० भाट कायम गरिएको छ ।

कन्सुलर सेवाअन्तर्गत विभिन्न कागजात प्रमाणीकरण, मञ्जुरीनामा, जनशक्ति÷रोजगार तथा सेवा सम्झौता, विवाह दर्ता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित, नागरिकता तथा लाइसेन्स, जन्म–मृत्यु दर्ता लगायत सेवामा लाग्ने शुल्क १,६०० बाट १,३०० भाट कायम गरिएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाबाट जारी कागजात, प्रहरी प्रतिवेदन, चिकित्सकको प्रमाणपत्र, उत्पत्तिको प्रमाणपत्रलगायत अन्य कागजात प्रमाणीकरणको शुल्क २,००० बाट १,६०० भाट तोकिएको छ ।

गैरआवासीय नेपाली परिचयपत्रसम्बन्धी सेवामा पनि शुल्क समायोजन गरिएको छ । गैरआवासीय नेपालीका रूपमा दर्ता निवेदन दिँदा लाग्ने शुल्क ८०० बाट ६५० भाट कायम गरिएको छ । नेपाली मूलका विदेशी नागरिकलाई परिचयपत्र जारी तथा नवीकरण गर्दा लाग्ने शुल्क १०,००० बाट ८,००० भाट बनाइएको छ भने विदेशमा बस्ने नेपाली नागरिकका लागि परिचयपत्र जारी तथा नवीकरण शुल्क २,००० बाट १,६०० भाट निर्धारण गरिएको छ । नेपाली दूतावास, बैंककले संशोधित शुल्कदर लागू भइसकेकाले सेवा लिन आउने सेवाग्राहीहरूलाई नयाँ दरअनुसार राजस्व बुझाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्