संसद पुनःस्थापना सम्भव छैन, त्यसविरुद्ध कडा आन्दोलन हुन्छ : जेनजी

<span class='c1'>संसद पुनःस्थापना सम्भव छैन, त्यसविरुद्ध</span> <span class='c2'>कडा आन्दोलन हुन्छ : जेनजी</span>

काठमाडौं । एमाले–कांग्रेसले संसद पुनस्र्थापना गरे उनीहरुविरुद्ध पुन : सडकमा जाने मिराज ढुंगानाको संयुक्त जेनजी आन्दोलनले चेतावनी दिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले संसद पुनःस्थापना सम्भव नरहेको बताएका छन् । आन्दोलनका प्रवक्ता विर्जन विश्वकर्माले विघठित प्रतिनिधिसभालाई पुनःस्थापनाको मुद्दाले आफूहरुलाई झस्काएको बताएका छन् । विश्वकर्माले जेनजीको बलिदानको बलबाट भएको परिवर्तनलाई संस्थागत गर्नुको सट्टा पूरानाहरु सल्बलाउनु आन्दोलनमाथिको धोकाको संकेत भएको जनाएका छन्।

पहिला देशका सचिवालय सदस्य तथा जेनजी सुनिल सिंहले पुनःस्थापनाको विषय प्रतिगामी सोच र कदम हुने बताउँदै त्यसलाई कुनै पनि हालतमा रोक्नुपर्ने धारणा राखे । ‘विघठित संसद पुनःस्थापना गर्नु भनेको चिहानमा पुगेको कंकाललाई जिवित गर्नु सरह हो, त्यसैले यसविरुद्ध हामी कडा आन्दोलनका लागि तयार बन्नुपर्छ,’ सिंहले थपे ।

जेनजी नर्गिस थापाले आफूहरुले जेनजीका माग पुरा गराउन निरन्तर सडकमा रहेको जानकारी दिइन् । जेनजी अमृत कुमार बोहोरालगायतले नयाँ र पुरानाहरु मिलेर जेनजी आन्दोलनको भावनालाई मार्न लागेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्