विराटनगरमा रहेको हिमालय दर्शन कलेजले आयोजना गरेको ‘हिमालय ट्यालेन्ट हन्ट’ अनु वस्ती भएकी छिन् । उनले नगद १५ हजारको साथमा ट्रफी हात परिन् ।
१३ जना प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो उत्कृष्ट राष्ट्रिय झल्किने कविता प्रस्तुत गरेर हिमालय ट्यलेन्ट हन्टको उपाधि जितेकी हुन् ।
स्कूल परिसरमा सम्पन्न भएको प्रतियोगिताको फस्ट रनरअप ‘हेन्ट सेभन ग्रुप’ घोषित भयो । सेभन ग्रुपले नाटक मन्चन गरेका थिए । उनीहरुले नगद १० हजारको साथमा ट्रफी हात परेका थिए । उनीहरुको ग्रुपमा सविन कोइराला, नवराज धिताल, निश्चल सापकोटा, सरु वस्ती, वर्षा खत्री, उत्सव ढकाल, प्रज्जवल खतिविडाको समूह रहेको थियो । सेकेण्ड रनरअप ‘स्लान्स ग्रुप’ भएको छ । त्यसैगरी सेकेण्ड रनरअप ‘स्लान्स ग्रुप’ भएको छ । स्लान्स ग्रुपले फेशन शो प्रस्तुत गरेका थिए । उनीहरुले नगद ५ हजार र ट्रफी हात पारेका थिए ।
। सो ग्रुपमा समिक्षा खड्का, सृजना लिम्बु, आकृति भट्टराई र लक्ष्मण दाहाल रहेका छन् । कलेजमा अध्ययरत विद्यार्थीहरुको बहुप्रतिभाको खोजी गर्ने उद्देश्यले यस वर्षदेखी यस्तो प्रतियोगिता आयोजना गरिएको कलेज प्रमुख भरत सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको फाइनलमा १३ जना सहभागि भएको बताउनुभयो । प्रतियोगिताको निर्णायकहरुमा अभिनेता जतिन ताम्राकार, गायक ज्योती सुब्बा, साहित्यकार मिनकुमार नवदीत, नाटककार उद्धव सापकोटा, नृत्य निर्देशक ओम बस्नेत रहनुभएको थियो । स्कूलले शनिबारनै स्कूल परिसरमा कलेज महोत्सव समेत आयोजना गरेको थियो । महोत्सवमा ८ वटा स्टल रहेको कलेजले जनाएको छ । त्यस्तै स्कूलले खेलकुदमा उत्कृष्ट हुने र त्रिभूवन विश्व विद्यालयले लिएको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २५ जना विद्यार्थीलाई समेत सम्मान गरेको थियो । सम्मानित हुने विद्यार्थीहरुलाई पूर्वाञ्चल विश्व विद्यालय सेवा आयोगका अध्यक्ष बद्री श्रेष्ठ, कलेजका अध्यक्ष भेषराज शर्मा, कलेजका निर्देशक शैलेन्द्र शिवकोटी, कलेज प्रमुख भरत सापकोटालगायले पुरस्कार वितरण गर्नुभएको थियो ।