कोशी प्रदेशमा सुरुभयो घुम्ती अस्पताल, बसमा जडान छन् उपकरण

<span class='c1'>कोशी प्रदेशमा सुरुभयो घुम्ती अस्पताल,</span> <span class='c2'>बसमा जडान छन् उपकरण</span>

विराटनगर । कोशी प्रदेशमा देशमै पहिलो नमुना घुम्ती अस्पतालको शुभारम्भ गरिएको छ । प्रदेश सरकारले नेपालमै पहिलो बिशेषज्ञ सेवासहितको घुम्ती अस्पताल शुक्रबार शुभारम्भ गरेको हो ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाउँपालिकाको नगर अस्पताल प्राङ्गणमा यसको शुभारम्भ गरेका हुन् ।

यो बसमा अस्पतालका लागि आवश्यक पर्ने उपकरण जडान गरिएको संरचना हो । जुन बस भित्र विशेषज्ञ डाक्टर, प्राबिधिक सहित आधुनिक मेडिकल इन्स्टुमेण्ट, रेडियोलोजि , प्याथालोजी र माईनर अप्रेसन सहितको स्वास्थ सेवा उपलब्ध गराउने उपकरण रहने छन् । जसबाट नागरिकका घरमा सेवा पु¥याउनका लागि सहज हुने अनुमान गरिएको छ ।

मुख्यमन्त्री कार्कीले यो सेवा सञ्चालनका लागि प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले गरेको प्रयासलाई प्रशसंनीय भनेका छन् । उनले संघीयतापछि प्रदेश सरकारले नागरिकलाई दिने सेवामा फरकपना प्रस्तुत गरेको बताएका छन् । ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको हो। कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार यसमा रेडियोलोजी, मुटुको एक्सरे, ब्लड टेस्ट, रगतको नमूना सङ्कलन गरी परीक्षण गर्ने उपकरण जडान गरिएको छ।

तत्कालै महामारी फैलिँदा देखि स्वास्थ्य शिविरहरु सञ्चालन गर्न यो प्रभावकारी स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले बताएका छन् । करिब ८० लाख रुपैयाँ खर्च गरेर बसमा नै कोशी घुम्ती अस्पताल सुरु गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्