स्वर्गीय उज्ज्वल थापा ‘दिमाग घोच्ने मान्छे’ विराटनगरको सिटि सिनेमा हलमा चल्दै

<span class='c1'>स्वर्गीय उज्ज्वल थापा ‘दिमाग घोच्ने मान्छे’</span> <span class='c2'>विराटनगरको सिटि सिनेमा हलमा चल्दै</span>

विराटनगर पुष २७ ,

विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्ज्वल थापाका जीवन र योगदानमाथि तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ सार्वजनिक प्रदर्शनमा आएको छ।

उज्ज्वल थापा फाउन्डेसनले तयार गरेको यो वृत्तचित्रमा स्व. थापाले राष्ट्र निर्माणका लागि गरेका राजनीतिक, सामाजिक र आर्थिक योगदान, उनका अभियान, परिकल्पना र युवा नेतृत्वको भूमिकालाई समेटिएको छ।

वृत्तचित्र सुदीप भाजुले निर्देशन गरेका हुन् र यसलाई स्व. थापाका शुभेच्छुकहरूले सङ्कलन गरेको रकमबाट तयार गरिएको हो।

थापु आईटी उद्यमी, सामाजिक अभियन्ता हुँदै विवेकशील नेपाली दलको नामबाट राजनीति यात्रामा आएका थिए। उनका नजिकका व्यक्तिहरूका अनुसार, उनको प्राथमिकता सधैं देश नै रहेको थियो। उनले नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने कार्यका सूचकको रूपमा चिनिएका छन्।

वृत्तचित्रको प्रदर्शन विराटनगरको सिटी सिनेमा आज पुष २७ गते, बेलुका ५:१५ बजे तय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्