काँग्रेसमा वीपीलाई सभापति बनाउन ६८ वर्ष अगाडी विराटनगरमा भएको विशेष महाधिवेशन

<span class='c1'>काँग्रेसमा वीपीलाई सभापति बनाउन ६८ वर्ष</span> <span class='c2'>अगाडी विराटनगरमा भएको विशेष महाधिवेशन</span>

विराटनगर । नेपालको लोकतान्त्रिक आन्दोलनमा स्थापीत पार्टी नेपाली काँग्रेस अहिले काठमाण्डौं भृकुटीमण्डलमा विशेष महाधिवेशनमा जुटेको छ । यो काँग्रेस पार्टीका लागि दोस्रो विशेष महाधिवेशन हो । प्रजातन्त्रका लागि विगुल फुकेको भूमि विराटनगरमा कांग्रेसको पहिलो महाधिवेशन २०१४ साल जेठ १० गते भएको थियो । त्यो महाधिवेशनबाट काँग्रेसले समाजवादी नीति अवलम्बन गर्दै विश्वेश्वरप्रसाद कोइरालालाई सभापतिमा निर्वाचित गरेको थियो ।

वीरगञ्जमा २०१२ सालमा सम्पन्न महाविधेशनबाट सुवर्णशमशेर सभापति भएका थिए । तर, दुईवर्षपछि नै विशेष महाधिवेशन गरिएको थियो । विशेष महाधिवेशनले बीपी कोइरालालाई सभापति, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहलाई महामन्त्री चुनेको थियो । कोषाध्यक्षमा सुवर्णशमशेर जबरा, सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, श्रीभद्र शर्मा, रुद्रप्रसाद गिरी, धनमानसिंह परियार, गोपालप्रसाद उपाध्याय भट्टराई , हृदयराज शर्मा र गणेशराज शर्मा चुनिएका थिए ।

काँग्रेसमा अहिले ६८ वर्षपछि विशेष महाविधेशन दोहोरिएको छ । त्यो पनि नेतृत्वको अनिच्छा हुँदाहुँदै दोस्रो तहका नेताहरु अर्थात महामन्त्रीहरुको पहलमा विशेष महाधिवेशन गर्नुपर्ने स्थिति आएको हो । २००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो । त्यसको पेरीफेरीमा वीपीसहितका नेताहरु रहेका थिए । तर, प्रजातन्त्र स्थापना भएको सातवर्ष बित्दा समेत निर्वाचन हुन सकेको थिएन । अन्यौलताका बीच वीपीको नेतृत्वमा काँग्रेस बढ्न चाहेको थियो । बीपी नेतृत्व मात्रै नभई नीति प्रतिपादन गर्ने भएका कारण त्यो परिवेस काँग्रेस बढ्ने बाटो खोजिएको थियो । तर, बीपी कोइरालासहित शीर्ष नेतृत्वबीच सहमतिकै आधारमा विशेष महाधिवेशन आयोजना भएको थियो ।

नेपाली काँग्रेस ८० वर्ष इतिहास बोकेको पुरानो लोकतान्त्रिक पार्टी हो । काँग्रेसको पहिलो विशेष महाधिवेशन भएको ६८ वर्षपछि दोस्रो विशेष महाधिवेशनमा होमिएको छ । जसको परिस्थितिपनि काँग्रेसका लागि फरक छ । यो विशेष महाविधेशनको नेतृत्व महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरुले गरिरहेका छन् । यसमा पहिलो पुस्ताका नेताहरुको समर्थन छैन । अझै यतिसम्मकी बीपीकै परिवारका सदस्य जो अहिले राजनीतिमा सक्रिय डा.शेखर कोइराला समेत विशेष महाधिवेशनसँग खुशी देखिदैनन् । उनले महाविधेश भइरहँदा विशेष भिडियो सन्देशमार्फत सहमति र सहकार्यका साथ समग्र कांग्रेस एकताको महाधिवेशन गर्न सकिने बताएका छन् । ‘एक्लो भएपनि बीपी, सुवर्ण, गणेशमान, किसुनजी, गिरिजाबाबु र सुशील दाइले छोडेको मौलिक आदर्श र सिद्धान्तको पदचापबाट विचलित नहुने’ भिडियो सन्देशमा उल्लेख गरेका छन्।

यो हेर्दा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन काँग्रेस रुपान्तरण हुनुपर्ने पार्टी भित्रको माग पेचिलो बनेको छ । त्यसैले नेतृत्वको साझा ईच्छा अनुसार नियमित केन्द्रीय महाधिवेशन नभई परिस्थिति उल्टो भएर विशेष महाधिवेशनमा पुगेको छ । कार्यकर्ताको दबाब, हस्ताक्षर र सक्रियतासँगै काँग्रेसमा नेतृत्व पुस्तान्तरणमा देखिएको समस्या समेत विशेष महाधिवेशन उल्ट्याउने संकेत देखिएको छ ।
विशेष महाधिवेशनको उद्घाटन सत्रको सभापतित्व काठमाडौं जिल्लाका सभापति सबुज बानियाँले गरेका छन् । बन्दसत्रको सभापतित्व ज्येष्ठ महाधिवेशन प्रतिनिधिले गर्ने निर्णय भएको छ । पार्टीका ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशन माग गरेका थिए । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन दीप प्रज्ज्वलनसँगै विरुवामा पानी हालेर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्