कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

<span class='c1'>कोशी नदीमा आधारित पर्यटनको समग्र</span> <span class='c2'>विकास गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पछिल्लो समय लोकप्रिय बन्दै गएको सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित बोराबाँधमा सूर्यास्त अवलोकनका लागि आइतबार साँझ पुगेका मुख्यमन्त्री कार्कीले यहाँको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले आधारभूत संरचना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सरकार, निजी क्षेत्र र स्थानीय तहको सहकार्यमा विकास अघि बढाइने उल्लेख गर्दै उनले कोशी नदीसँग जोडिएका सम्भावना र चुनौतीको पहिचान गरी प्रदेश सरकार आवश्यक भूमिका निर्वाह गर्न तयार रहेको धारणा व्यक्त गरे ।मुख्यमन्त्री कार्कीले स्थानीय पर्यटन समितिलाई क्षेत्रका समस्या र आवश्यकताबारे लिखित रुपमा सरकारलाई जानकारी गराउन आग्रह गरे । सरकार कोशी नदीमा आधारित पर्यटन विकासको योजना बनाइरहेका स्थानीय तह र जनस्तरबाट भएको प्रचार, प्रसार तथा प्रवद्र्धन प्रशंसनीय रहेको उनको भनाइ छ । बोराबाँधको पर्यटन प्रवद्र्धनले अन्य सम्भावनायुक्त गन्तव्यलाई समेत प्रेरणा दिने विश्वास व्यक्त गरे ।

कोशी भ्रमण वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बोराबाँध क्षेत्रमा आवश्यक भौतिक तथा आधारभूत संरचना निर्माणमा प्रदेश सरकारको सहयोग रहने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्