टंकिसिनवारीमा सुविधा सम्पन्न सामुदायिक भवन निर्माण हुने

<span class='c1'>टंकिसिनवारीमा सुविधा सम्पन्न सामुदायिक</span> <span class='c2'>भवन निर्माण हुने</span>

टंकीसिनवारी–३ स्थित मानगढमा सुविधा सम्पन्न श्री पञ्चेश्वर पाथिभरा सामुदायिक भवन निर्माण हुने भएको छ ।
आगामी ६ महिनाभित्र एक तला निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पञ्चेश्वर पाथिभरा सामुदायिक भवन निर्माण तदर्थ समितिका अध्यक्ष बाबुराजा ओझाले बताए । शनिबार पत्रकार सम्मेलन गरी समितिले विराटनगर सहर र टंकीसिनवारीलगायतका छेउछाउका अन्य गाउँहरुलाई सहज हुने भएकाले मानगढमा सामुदायिक भवन निर्माण गर्न लागिएको जनाएको छ ।
श्री पञ्चेश्वर शिव मन्दिर समितिले गत असोज २८ गतेदेखि कात्तिक ५ गतेसम्म आयोजना गरेको  श्रीमद्भागवत महापुराण र पाथीभरा देवीमाता समितिले २०६६ सालमा आयोजना गरेको महापुराणबाट संकलित रकमबाट एकै सामुदायिक भवन निर्माण गर्न लागिएको अध्यक्ष ओझाले बताए । पाथिभरा सामुदायिक भवन निर्माण समितिसँग ४० लाख रुपैयाँ र श्री पञ्चेश्वर सामुदायिक भवन निर्माण समितिसँग ४९ लाख रुपैयाँ हाल कोषमा रहेको छ । दुईवटै कोषको रकम खर्च गरी भवन निर्माण गर्न लागिएको पाथिभरा देवीमाता शक्तिपीठका अध्यक्ष जगतबन्धु कार्कीले बताए । दुईवटै संस्था एक भएर सामुदायिक भवन निर्माण सम्पन्न गरी समाजलाई सेवा पु¥याउने लक्ष्य लिइएको पञ्चेश्वर शिव मन्दिर समितिका अध्यक्ष गंगाविशन राठीले दाबी गरे ।
पत्रकार सम्मेलनमा निर्माण समितिको नामावलीसमेत घोषणा गरिएको थियो । समितिको अध्यक्षमा बाबुराजा ओझा, उपाध्यक्षमा दामोदर घिमिरे, भानुभक्त घिमिरे, महासचिवमा गोपाल कटुवाल, सचिवमा कैलाश रेग्मी, कोषाध्यक्षमा पुनमकुमार गुप्ता र सहकोषाध्यक्षमा खम्बसिंह बस्नेत छन् । त्यस्तै सदस्यहरुमा केदारबहादुर बस्नेत, जनार्दन थापा, अञ्जु कार्की, बासु बस्नेत, कल्पना कटुवाल र कृष्ण कट्टेल छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्