झापामा बालेनको प्रभाव बढ्दै, दमक युवा संघ अध्यक्ष समर्थनमा

<span class='c1'>झापामा बालेनको प्रभाव बढ्दै, दमक</span> <span class='c2'>युवा संघ अध्यक्ष समर्थनमा</span>

झापा। झापा ५ का उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह अन्य दलका स्थानीय युवालाई पनि प्रभाव पार्न सफल हुँदै गएका छन्। नेकपा९एमाले०निकट युवा संघ दमकका अध्यक्ष छबि खतिवडा एमाले त्यागेर बालेनको पक्षमा लागेका छन्।



बालेनसँगको तस्बिर राख्दै उनले लेखेका छन्–

आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा ९एमाले० को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु।

यो मेरो राजनीतिक जीवनमा सहयोग गर्नुहुने पार्टी, युवा सङ्घ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। अग्रगामी परिवर्तनका पक्षमा र सामाजिक जीवनमा सदैव लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु। यसअघि नेपाली कांग्रेसका दमक सभापति प्रकाश प्रसाई पनि पार्टी छाडेर बालेनको पक्षमा लागेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्