दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण महिला फुटबल हुने

<span class='c1'>दशरथ रंगशालामा नेपाल र चीनबीच</span> <span class='c2'>मैत्रीपूर्ण महिला फुटबल हुने</span>

काठमाडौं । आगामी २०२६ जनवरी ३१ का दिन दशरथ रंगशालामा नेपाली राष्ट्रिय यू–२० महिला फुटवल टोली र चीनको युनान यूथ महिला टोलीबीच एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनिया संघको संयुक्त आयोजना तथा नेपालस्थित चिनिया राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा उक्त खेल हुन लागेको जानकारी गराइएको हो । चिनिया नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिन लागेको यस खेलले नेपाली यू–२० महिला टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

साथै, यस प्रकारका मैत्रीपूर्ण खेलहरूले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर प्रदान गर्नुका साथै नेपाली महिला फुटवलको समग्र विकासमा महत्वपूर्ण योगदान पुयाउने विश्वास लिइएको छ । खेलअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिने कार्यक्रम रहेका छ । उक्त खेलका लागि चिनियाँ टोली २०२६ जनवरी २९ मा नेपाल आइपुग्ने जानकारी तयारी गरिएको छ । एन्फाले विगत तीन वर्षदेखि नेपाल र चिनियाँ युवा टोलीहरूबीच यस प्रकारका मैत्रीपूर्ण खेलहरूको आयोजना गर्दै आइरहेको छ ।

यस खेलका लागि नेपाली राष्ट्रिय यू–२० महिला टोली मुख्य प्रशिक्षक याम प्रसाद गुरुङको नेतृत्वमा हाल बन्द प्रशिक्षणमा रहेको छ । खेलको प्रत्यक्ष प्रसारण साउथ एशिया नेटवर्क टिभीको वेवसाइट बाट गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्