जेसीज ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफको उपाधि विकेभिएमलाई

<span class='c1'>जेसीज ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफको</span> <span class='c2'>उपाधि विकेभिएमलाई</span>

विराटनगर । विराटनगर जुनियर जेसीजद्वारा आयोजित ३० औँ अन्तर–विद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिताको उपाधि बालकल्याण विद्या मन्दिर (विकेभिएम) स्कुलले जितेको छ। १८ वटा विद्यालयलाई पछि पार्दै विकेभिएमले उपाधिसँगै नगद १५ हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगितामा एभरेष्ट स्कुल उपविजेता बन्दै नगद १० हजार र प्रमाणपत्रमा सीमित भयो भने इटहरीको जनता माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गर्‍यो। विजेता टोलीहरूलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्रायोजक काबरा ग्रुपका निर्देशक नवलकिशोर काबरा, क्विज मास्टर सन्देशदास श्रेष्ठ र आयोजक संस्थाकी अध्यक्ष आयुषा खतिवडाले पुरस्कार प्रदान गर्नुभएको थियो।

विकेभिएमको तर्फबाट प्रयार्थ निरौला, शाहवाज आलम, सिद्धान्त पराजुली र हृदिन राज गौतमको टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्