धरानमा दुईदिने ‘इस्टर्न गल्फ प्रतियोगिता–२०२६’ हुँदै

<span class='c1'>धरानमा दुईदिने ‘इस्टर्न</span> <span class='c2'>गल्फ प्रतियोगिता–२०२६’ हुँदै</span>

विराटनगर माघ १४,

धरानस्थित गल्फ कोर्षमा माघ १६ र १७ गते ‘इस्टर्न गल्फ प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ । कोशी प्रदेश गल्फ संघको आयोजनामा हुन लागेको दुईदिने प्रतियोगितामा १ सय २० भन्दा बढी एमेच्योर गल्फरको सहभागिता रहने संघले जनाएको छ ।

संघका अध्यक्ष सुयेश प्याकुरेलका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य पूर्वी क्षेत्रमा गल्फ खेलको प्रवद्र्धन गर्नुका साथै यसको सम्भावना र पहुँच विस्तार गर्नु हो । प्रतियोगितामा एमेच्योरतर्फ पुरुष, महिला र सिनियर गरी तीन विधामा प्रतिस्पर्धा गराइनेछ । विजेता तथा उपविजेतालाई ट्रफीसहित पुरस्कृत गरिने व्यवस्था गरिएको छ ।

अध्यक्ष प्याकुरेलले प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, क्षमता अभिवृद्धि र राष्ट्रिय स्तरमा एक्सपोजर बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार काठमाडौं र पोखराबाहेक अन्य शहरमा पनि गल्फ खेलप्रति आकर्षण बढाउन यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्नेछ ।

प्रतियोगिता सफल बनाउन इटहरीस्थित होटल रामाडा चिभास रिगल र धरान गल्फ क्लबको समेत सहकार्य रहने संघले जनाएको छ । प्रतियोगिताले धरान र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्