झापाको कमलमा ‘बालबालिकासँग मुख्यमन्त्री’ संवाद कार्यक्रम सम्पन्न

<span class='c1'>झापाको कमलमा ‘बालबालिकासँग मुख्यमन्त्री’</span> <span class='c2'>संवाद कार्यक्रम सम्पन्न</span>

झापा । कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा आज शुक्रवार झापाको कमल गाउँपालिकामा ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रम सम्पन्न भएको छ। सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको आर्थिक व्यवस्थापन तथा स्थानीय स्काउट कार्यालय, कमल गाउँपालिकाको व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्रदेश स्काउट संरक्षक तथा कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मतकुमार कार्कीसँग बालबालिकाले प्रत्यक्ष संवाद गर्ने अवसर प्राप्त गरेका थिए। सो अवसरमा बालबालिकाले राखेका जिज्ञासा, सुझाव र अपेक्षाहरू मुख्यमन्त्री कार्की ध्यानपूर्वक सुन्दै बालबालिकाको अधिकार, शिक्षा, सुरक्षा र नेतृत्व विकासमा प्रदेश सरकार गम्भीर र प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

कार्यक्रमको अध्यक्षता प्रदेश प्रमुख स्काउट तथा सामाजिक विकास मन्त्री माननीय रामप्रसाद महतोले गर्नु भएको थियो। उहाँले स्काउट आन्दोलनले बालबालिकाको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो।

कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी सामाजिक विकास मन्त्रालयका उपसचिव दुर्गा प्रसाद सिग्देल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा बालबालिकाले शिक्षा, स्वास्थ्य, वातावरण, खेलकुद तथा बालमैत्री नीति सम्बन्धी विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए। सो अवसरमा मुख्यमन्त्री कार्की बालमैत्री प्रदेश निर्माणका लागि प्रदेश सरकार निरन्तर रूपमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कोशी प्रदेशभरबाट ४०० भन्दा बढी स्काउट बालबालिकाको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्