हिसान क्रिकेटको उपाधि कान्तिपुर कलेजलाई

<span class='c1'>हिसान क्रिकेटको उपाधि</span> <span class='c2'>कान्तिपुर कलेजलाई</span>

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शुक्रबार भएको हिसान क्रिकेटको फाइलमा विजयी हुँदै कान्तिपुर कलेजले जितेको छ ।

जुट मिल मैदान भएकोे फाइनल खेलमा शिक्षादिप कलेजलाई ४ विकेटले पराजित गर्दै कान्तिपुर कलेजले उपाधि जितेको हो । टस जितेर ब्याटिङको गरेको शिक्षादिपले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४६ रनकोे विशाल योगफल तयार पारेको थियो । शिक्षादिपका टेकनारायण मण्डलले २५ बनाउँदा सत्यमकुमार सडामले २१ रन,शिवम झाले १९ रन र इरफान आलमले अविजित १५ रनको योगदान दिए । कान्तिपुरका सन्तोष गुप्ताले २ विकेट लिँदा सुधिर पामतले पनि २ विकेट तथा सिताराम कामत र अरविन्द मण्डलले १–१ विकेट लिए ।

१ सय ४७ रनका विशाल लक्ष्य पाएको कान्तिपुरले १६ दशमलव ४ बलमा ६ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । कान्तिपुरका मोनु दासले ६० रन बनाउँदा सिताराम कामतले अविजित ४७ रन बनाए । कामत खेलको प्लेयर अफ फाइनल घाषित समेत भए । शिक्षादिपका रोहनकुमार राँयले २ विकेट लिँदासुदिप यादवले पनि २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्