विराटनगर जुनियर जेसीजको निर्वाचन तथा पदस्थापना समारोह सम्पन्न

<span class='c1'>विराटनगर जुनियर  जेसीजको निर्वाचन</span> <span class='c2'>तथा पदस्थापना समारोह सम्पन्न</span>

विराटनगर। विराटनगर जुनियर जेसीजको निर्वाचन तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। विराटनगर जुनियर जेसिजको निर्वाचन माघ १६ गते जेसिस भवन, विराटनगरमा सम्पन्न भएको थियो । निर्वाचनमार्फत विभिन्न पदका लागि नयाँ नेतृत्व चयन गरिएको थियो।


‎निर्वाचन परिणामअनुसार जु जेसी ओम जोगी अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचनबाट कार्यकारिणी उपाध्यक्षमा आदित्य कोइराला, सम्युक्ता पोखरेल , आरोग्य कोइराला निर्वाचित भएका थिए । त्यस्तै, महा-सचिव रक्श्रिता तिमल्सिना, तालिम निर्देशकमा मदन नेपाल,कानुनि शल्लहकार आर्वि तिमल्सिना र कोषाध्क्षयमा श्रिजेष कटेल चयन भएका थिए । उपाध्यक्ष पदमा जु जेसी निशान्त भट्टराई, जु जेसी सुहानी श्रेष्ठ, जु जेसी आदर्श आचार्य, जु जेसी रुकुल अमात्य र संस्थाको जनसम्पर्क अधिकारीमा जु जेसी प्रतिज्ञा अधिकारी र स- सचिवमा जु जेसी एल्जिना थापा चयन भएकी छन्। निर्वाचन आयुक्त तथा विराटनगर जुनियर जेसीजका पूर्व अध्यक्ष गौरव कर्णले निर्वाचित पदाधिकारीबारे जानकारी दिदै निर्वाचन प्रक्रियामा सघाउने सबै प्रति आभार व्यक्त गरेका थिए ।

यसैबीच, माघ १७ गते विराटनगरस्थित होटल कञ्चनजङ्घामा पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो। समारोहका प्रमुख अतिथि विराटनगर जेसीज २०२६का अध्यक्ष कवीराज दाहाल तथा विशेष अतिथि संस्थापक अध्यक्ष, जेसीआइ सेनटर डा. सन्देश दास श्रेष्ठ रहेका थिए। त्यसै कार्यक्रम मार्फत लोम एडिटरमा कौशल कर्ण , विषय निर्देशकमा निश्चल निरौला , सूचना प्रविधि संयोजकमा रोचक वस्ती र सदस्यता वृद्धि संयोजक कौशल ढुंगाना चयन भएका छन् ।

‎कार्यक्रममा गणेश–जमुना पुरस्कार (वर्ष उत्कृष्ट पर्यवेक्षक) जु जेसी याल्जिना थापालाई प्रदान गरिएको थियो। यस्तै उत्कृष्ट बोर्ड सदस्यमा जु जेसी ओम जोगी, उत्कृष्ट कार्यक्रम संयोजकमा जु जेसी रुकुल अमात्य, वर्ष उत्कृष्ट सदस्यमा जु जेसी निशान्त भट्टराई उपाध्याय तथा २०२५ को उत्कृष्ट ककसमा जु जेसी सुहानी श्रेष्ठ घोषित भएका थिए । विभिन्न साखाका जेसीज तथा जुनियर जेसीजका अध्यक्ष तथा पूर्व अध्यक्षहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।‎कार्यक्रममा विराटनगर जुनियर जेसीजका पूर्व अध्यक्षहरू, विराटनगर जेसीजका पूर्व अध्यक्षहरू, जुनियर जेसीजका विभिन्न शाखाका अध्यक्ष तथा पदाधिकारीहरू, विराटनगर जेसीजका बोर्ड सदस्य तथा सदस्यहरू, साथै जुनियर जेसीजका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्