अनलाइन माध्यममार्फत मतदातालाई प्रभावित गर्ने कार्य नगर्न जिल्ला प्रशासनको चेतावनी

<span class='c1'>अनलाइन माध्यममार्फत मतदातालाई प्रभावित गर्ने</span> <span class='c2'>कार्य नगर्न जिल्ला प्रशासनको चेतावनी</span>

भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यम प्रयोग गरी मतदातालाई प्रभाव पार्ने गतिविधि नगर्न चेतावनी दिएको छ।

कार्यालयले जारी गरेको सूचनामा फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्यम प्रयोग गरी सर्वसाधारण तथा मतदातालाई कुनै दल, उम्मेदवार वा निर्वाचन चिन्हमा मतदान गर्न उक्साउने, प्रश्न गर्ने वा गोपनीयतामा असर पुर्‍याउने कार्य भइरहेको जानकारी प्राप्त भएको उल्लेख छ।

यस्ता गतिविधि निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (ख) बमोजिम आचारसंहिता उल्लङ्घन हुने भएकाले तत्काल रोक्न निर्देशन दिइएको छ। सूचना जारी भइसकेपछि पनि कसैबाट यस्ता कार्य भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै सरोकारवालालाई आचारसंहिता पालना गर्न कार्यालयले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्